पोखरा: यही साता देखि प्याराग्लाडिङ उडानको तयारी

केन्द्रभाग मिडिया

पोखरा ।

कोभिड–१९ का कारण ५ महिनादेखि ठप्प बनेको प्याराग्लाडिङ उडानको तयारी भएको छ ।

पोखराको पर्यटनमा अह्म भुमिका निर्वाह गरिरहेको प्याराग्लाइडिङ उडान सुरक्षा जाँच र टेष्ट फ्लाइटपछि खुला गर्ने तयारी नेपाल हवाई खेलकुद संस्थाले तयारी गरेको हो ।

सबै व्यापारिक,शैक्षिक, रात्रीकालिन व्यवसाय खुलेसँगै स्वास्थ्य सतर्कतालाई ध्यानमा राखेर प्याराग्लाडिङ उडानको पनि तयारी गरिएको नेपाल हवाइ खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए ।भण्डारीको अनुसार अबको १/२ दिनमै व्यवसायीक रुपमै उडान सुरु हुनेछ ।

उनले भने,‘लामो समयदेखि बन्द रहेको प्याराग्लाइडिङ सञ्चालनका लागि आवश्यक सचेतना र उपकरणको जाँच गरेर उडान सञ्चालन गर्ने तयारी गरेका छौँ, अब यही साता उडान हुनेछ’,

उनको अनुसार सम्पूर्ण कम्पनीले उडान उपकरण जाँच गरेको र टेष्ट फ्लाइट पनि भइसकेको छ । प्याराइडिङको पोखरामा ६० कम्पनी रहेका छन् भने ३ सय ५० प्यारा पाइलट छन् ।

 

  • ४ आश्विन २०७८, सोमबार १४:५३ प्रकाशित