प्रतिपक्षीको नाराबाजीकै बीच बहुमतले बजेट पारित

केन्द्रभाग मिडिया

फाइल फोटो

काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजीबीच आज बजेट पारित भएको छ ।

आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित होस् भनेर प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव बहुमतले पारित भएको हो।

भदौ ३१ गतेदखि रोकिएको सरकारी खर्च बजेट पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिस्थापन विधेयक प्रमाणिकरण गरेपश्चात सरकारले सरकारी खर्च पाउनेछ ।

तत्कालीन केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले भदौ २५ गते प्रतिस्थापन विधेयक ल्याएको थियो।

  • ४ आश्विन २०७८, सोमबार १३:०३ प्रकाशित