संविधान दिवसको अवसरमा मनाङका पाँच कैदीको कैद मिनाहा

केन्द्रभाग मिडिया

मनाङ ।

संविधान दिवसको अवसरमा गण्डकी प्रदेश अन्तर्गतको जिल्ला मनाङका पाँच कैदीको कैद मिनाहा भएको छ ।

कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएका पाँच जनाको कैद मिनाहा भएको जिल्ला कारागार मनाङले जनाएको छ । कारागारको अनुसार उनीहरुको तोकिएकोभन्दा आधा कैद सजाय भुक्तान गरिसकेको कैदीबन्दीको कैद मिनाहाका लागि सिफारिस गरिएबमोजिम कैद मिनाहा भएको हो ।

उनीहरुले २०६६ असार २६ मा यार्सागुम्बा सङ्कलनका लागि गएका सात जना गोरखाली युवाको हत्या गरी कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।

कैद मिनाहा हुनेमा नार्पाभूमि गाउँपालिका ९ साविक नार गाविसका सोनाम लामा, छो सोनाम लामा, कर्मा वाङ्गेल लामा, नङ्गा धावा लामा र ङिमा छवाङ लामा रहेका छन् । उनीहरुलाई सात वर्ष नौ महिना २४ दिन कैद भुक्तानका लागि सजाय तोकिएको थियो।

कैद भुक्तानका क्रममा उनीहरुको चालचलनमा सुधार आएको सौहार्दपूर्ण भएकाले उनीहरुलाई कैदमुक्त गरिएको जनाइएको छ ।

  • ४ आश्विन २०७८, सोमबार ०९:२९ प्रकाशित