आज देखि नयाँ नोट साट्न सुरु, स्वास्थ्य मापदण्ड अपनाई नोट साट्न राष्ट्र बैंकको आग्रह

केन्द्रभाग मिडिया

काठमाडौं ।

बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट साट्ने भएको छ ।

नजिकिदैँ गएको नेपालीहरुको महान चाड बडादशैंलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट साट्ने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । दशैंमा नयाँ नोटको विशेष महत्व रहन्छ ।

केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार आजदेखि देशका इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सतर्कर्ता अपनाइ नोट साट्न गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । काठमाडौं उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने सूचनामा उल्लेख छ ।

  • ४ आश्विन २०७८, सोमबार ०९:१३ प्रकाशित