कमरेडहरु मृत्युदण्ड दिएको ठाउँमा फर्केर जाने कुरा नगर्नुहोस् : अध्यक्ष नेपाल (भिडियो सहित)

केन्द्रभाग मिडिया

फाइल तस्बिर

पोखरा ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादीका) अध्यक्ष माधव कुमार नेपालले मृत्युदण्ड दिएको ठाउँमा फर्केर नजाने बताएका छन् । पोखरामा भएको कास्की जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेमा फर्केर जाने सम्भावना नरहेको बताएका हुन् ।

कार्यकर्तालाई सम्झाउदैँ नेता नेपालले हिजोको कुरा सम्झेर नहुने भन्दै महाराजधिराजले मृत्युदण्ड दिएको बताए । ‘त्यहा त जम्मै ढोका बन्द भइसक्यो, त्यहा त फासीको सजाय दिएकाले महाराज धिराजले आम माफी पनि दिइसके, भोलीपल्ट फेरी सजाय दिए, फेरी मृत्युदण्डको सजाय दिएका छन्, त्यहा फर्केर जाने कुरा नगर्नुहोस् ।’

उनले कम्युनिष्ट पार्टीलाई बदनाम गर्ने विरुद्ध नयाँ पार्टी गठन गरिएको बताएका छन् । अध्यक्ष नेपालले पश्चिम बंगालमा जस्तै नेपालमा कम्युनीष्टको अवस्था आउने होकी भन्ने चिन्ताले विद्रोह गरेको बताए । कसैको नाम लिन नचाहेको बताएका नेपालले ओली तर्फ लक्षित गदै भने, ‘कम्युनिष्ट पार्टीको बदनाम गर्ने कम्युनीष्ट पार्टीको प्रतिष्ठा खतम पार्ने, कम्युनिष्टको दुइतिहाई बहुमत आएको सरकारलाई हेर्दा हेर्दै समाप्त भयो ।’

अध्यक्ष नेपालले बिद्रोहको झण्डा बोक्नेहरुले इतिहास अगाडी बढाएर लिएर गएको बताए । नेपालमा मेची देखि महाकाली सम्म कम्युनिष्ट पार्टीको झण्डा फहराई रहेको छ, त्यही कम्युनीष्ट पार्टीको वास्तवीक संवाहक असली कम्युनिष्ट हामी हौँ’ उनले भने ।

अहिले यक्लै शक्तीको भरमा अगाडी बढ्ने भन्दै नेपालले अहिले कुनै पार्टीसंग एकता नहुने प्रष्ट पारे । वाहिर प्रचार भए जस्तो माओवादीसंग पार्टी एकता हुनेवाला छैन । सातै प्रदेशमा पार्टी बलियो अवस्थामा रहेको उनले बताए ।

नेपालले आफूहरु एक हप्ताभित्र सरकारमा सहभागी हुने पनि बताए । केन्द्रसँगै लुम्बिनी प्रदेश सरकारमा पनि सहभागी हुने तयारी भइरहेको उनले बताए । उनले भने,’प्रदेश १ र बागमतीमा सरकार पनि एक हप्ता भित्र अहिलेको सरकारलाई हटाएर हामी सरकारमा गठन गर्ने तयारी गरिरहेको छौँ ।’

अबको चुनाव सम्म हामी पाचँ दलको गठबन्धनलाई बलियो बनाउने नेपालले बताए । एक हप्ता भित्र सरकारमा मन्त्री पठाउदै छौँ । क्रान्तिकारी पार्टी बनाउनका लागि यो कदम चालिएको उनले बताए ।

  • ३ आश्विन २०७८, आईतवार १७:१५ प्रकाशित