स्याङ्जा : टि.भीको प्लग जोड्दा करेन्ट लागि मृत्यु

केन्द्रभाग मिडिया

पोखरा ।

स्याङ्जामा करेन्ट लागेर एकको ज्यान गएको छ ।

स्याङ्जा विरुवा गाउँपालिका ८ की ५२ वर्षीय पूर्णकला बि.क को करेन्ट लागि मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । टि.भीको प्लग जोड्ने क्रममा करेन्ट लागी ज्यान गएको प्रहरीले बताएको छ। घटना हिजो (शनिबार) भएको हो ।

  • ३ आश्विन २०७८, आईतवार १६:१३ प्रकाशित