ब्ल्याक लिस्टका ठेकेदार पनि विभूषित !

केन्द्रभाग मिडिया

हुमनाथ कोइरालाको होनिको मल्टिपलका सञ्चालक हुन् ।

काठमाडौं ।

संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने विभूषण, अलङ्कार र पदक आलोचित बनेको छ । योग्यता क्षमताकाको मूल्याङकन नै नगरि पदक वितरण गरिएको भन्दै सर्वत्र आलोचित भएको हो ।

यसैबीच ब्ल्याक लिस्टमा परेका ठेकेदार समेत विभूषित भएका छन् । मल नल्याएको आरोप लागेका ठेकेदार हुमनाथ कोइरालालाई सरकारले विभूषित गरेको हो ।आरोपित कोइरालाले प्रबल जनसेवा श्री विभूषण पाएका छन्। उनी ब्ल्याक लिस्टमा परेको ६ महिना मात्र पुगेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले होनीको मल्टिपललाई सन् २०२१ मार्च ६ देखि २०२२ मार्च ५ तरिखसम्म ठेक्कामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको छ।

कोइराला सञ्चालक रहेको होनीको मल्टिपललाई मल नल्याएको आरोपमा गत साल भदौमा कृषि सामग्री कम्पनी लिमिटेडले कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो।

  • ३ आश्विन २०७८, आईतवार १५:५८ प्रकाशित