आसेपासेलाई विभूषण प्रदान गरेको भन्दै कार्टुनिष्ट रविन सायमिले गरे पदक नलिने घोषणा

केन्द्रभाग मिडिया

काठमाडौं ।

कार्टुनिष्ट रविन सायमिले सरकारबाट प्राप्त विभूषण नलिने घोषणा गरेका छन् ।तर उनले सामाजिक सञ्जालमार्फत सो पदक ग्रहण नगर्ने घोषणा गरेका हुन् ।

सायमिले लेखेका छन्, ‘सरकारले मलाई प्रबल जनसेवा श्रीबाट विभूषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु ।’

पञ्चायतकालमा जस्तै आसेपासेलाई विभूषण प्रदान गरिएको भन्दैँ उनले यो पदक ग्रहण नगर्ने बताएका हुन् । आफू ‘स्वतन्त्र रुपमा पत्रकारितालाई सहयोग गर्ने मान्छे भएकाले यो पदक लिन नसुहाउने’ उनले बताए । सरकारबाट वितरण हुने विभूषणले राष्ट्रियस्तरको प्रतिष्ठा कायम गर्न पनि नसकेको उनको भनाइ छ ।

संविधान दिवस २०७८ को अवसरमा सरकारले सायमिलाई ‘प्रबल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको थियो ।उनको निर्णयको धेरैले प्रशंसा गरेका छन् ।

  • ३ आश्विन २०७८, आईतवार १२:५३ प्रकाशित