नागरिकले संघियताको अनुभूती गर्न पाएनन् : प्रदेश प्रमुख गुरुङ

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संघीयताको अनुभूती हुने गरी काम हुन नसकेको बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को मूल समारोहलाइ सम्बोधन गर्दैँ प्रदेश प्रमुख गुरुङले संविधानले भने बमोजीम शक्तीको विक्रेन्द्रीकरण हुन नसकेको, दुरदराजका आम नागरिकको घरघरमा संघीयताको अनुभूती हुने गरी धेरै कार्यहरु गर्न वाकीँ रहेको बताए । उनले भने, जुन कुराको अपेक्षा आम प्रदेशवासीले प्रदेश सरकारबाट गरी रहेका छन् । ती जनताका अपेक्षा पुरा गर्न सत्ता पक्ष र प्रतिपक्षको इमान्दार प्रयास र सहकार्य अहिलेको आवश्यकता हो, उनले भने ।

हिजो नयाँ संविधान निर्माणका क्रममा भएका आन्दोलनमा एकै मोर्चामा रहेका दलहरु नै अहिले कुनै सक्ता पक्षा र कुनै प्रतिपक्षमा रहेका छन् । उनले भने, सत्ता पक्षले सत्तामा रहेको घमण्डा र प्रतिपक्षले सत्ता वाहिर छु भन्ने सोचँलाई त्यागेर हिजोको परिर्वतनलाई लडेका दिनहरुलाई सम्झेर जनताका समस्याहरुसंग हातेमालो गर्न सके छिट्टनै हामी गन्तब्यमा पुग्न सक्दछौँ ।

जुन उदेश्यका लागि नयाँ संविधान जारी भएको हो त्यही उदेश्य पुरा गर्नका लागि सानातिना राजनीतिक उदेश्यलाई विर्सेर सक्दो छिटो सामाजिक रुपान्तराणको प्रकृयालाई अगाडी बढाउनु आजको आवश्यकता हो, गुरुङले भने । संविधान दिवशको यस सुखद घडीमा संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न मन, बचन र कर्मले समर्पीत भइ आआफ्नो तर्फबाट इमान्दार प्रयास जारी राख्न उनले राजनीतिक दलसंग अपिल गरे ।

गुरुङले सोचे अनुसारको परिवर्तन हुन नसकेको भन्दै दलहरु विचको एकताको खाचोँ औँल्याएका थिए ।

  • ३ आश्विन २०७८, आईतवार ११:२२ प्रकाशित