ग्यारेन्टीसहितको पूर्ण लोकतन्त्रको परिकल्पना गरौँ: अध्यक्ष ओली

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ग्यारेन्टीसहितको पूर्ण लोकतन्त्रको परिकल्ना गर्न आग्रह गरेका छन् । अब जनताका आकांक्षा,हकअधिकार, सामाजिक न्याय र सुरक्षा ग्यारेन्टीको परिकल्पना गर्नुपर्ने ओलीले बताए ।

संविधान दिवसमो अवसरमा शुभकामना सन्देह प्रवाह गर्दै ओली जनताले आफ्ना अधिकार प्रत्याभुत गर्न नसकेको गुनासो बढिरहेको भन्दै ओलीले ग्यारेन्टीसहितको पूर्ण लोकतन्त्र परिकल्पना गर्नुपर्ने बताएका हुन ।

उनले सन्देशमा भनेका छन्, ‘सबैलाई समान अधिकार, अवसरमा समान पहुँच, समानताको प्रत्याभूति, सामाजिक न्याय र सुरक्षा एवं सम्मानको ग्यारेन्टीसहित परिपूर्ण लोकतन्त्र परिकल्पना र कार्यक्रम अगाडी बढाउनुपर्छ ।’

यस्तै आफ्नो सरकारको पालामा सुरु गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ लागीपर्नुपर्नेमा जोड दिएका छन् । संविधानको रक्षा गर्दै यसले निर्दिष्ट गरेको दिशामा अघि बढ्न अग्रसर रहन आग्रह गरेका हुन्।

संविधानले सार्वभौमसत्ता सम्पन्न तुल्याएका जनता नै जनार्दन भएकाले एमालेको निष्ठाको सार नै जनतालाई जनार्दन बनाउने सङ्कल्प रहेको सन्देशमा उल्लेख छ।

  • ३ आश्विन २०७८, आईतवार ०९:३९ प्रकाशित