जनतालाई हकअधिकार प्रत्याभुत हुने गरि संविधान कार्यान्वयन गर्न प्रयासरत छौँः प्रधानमन्त्री

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई हकअधिकार प्रत्याभुत हुनेगरि संविधान कार्यान्वयन गर्न सरकार प्रयासरत रहेको बताएका छन् ।

सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको उल्लेख गर्दै उनले संविधानको संरक्षण र गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ गर्दै मुलुकलाई विकासको मार्गमा अग्रसर गराउनु आवश्यक रहेको उल्लेख गरे ।

देउवाले संविधानको सफल कार्यान्वयनसँगै देशको समुन्नतिलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिए।संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक–अधिकार सुनिश्चित गरेको दाबी देउवाले गरे ।

  • ३ आश्विन २०७८, आईतवार ०९:१५ प्रकाशित