लुम्बिनीको विकासलाई प्राथमिकता दिएर काम गछौँ : मुख्यमन्त्री कुलप्रसाद केसी

केन्द्रभाग मिडिया

बुटवल ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशभित्रै रहेको लुम्बिनी क्षेत्र र गौतम बुद्ध विश्वकै ऐतिहासिक साँस्कृतिक सम्पत्ति रहेकोले प्रदेश सरकारले गौरवको आयोजनामा राखेर लुम्बिनी क्षेत्रको विकासका लागि प्राथमिकताका साथ अगाडि बढाउने बताएका छन् ।

नेपाललाई चिनाउको लागि लुम्बिनी एउटा महत्वपूर्ण सम्पति भएको बताउँदै प्रदेशको नामाकरण नै लुम्बिनीबाट राखेको प्रदेशकोको पहिचान बोकेको उनले बताए ।

लुम्बिनी विकास कोषले शनिबार लुम्बिनीमै आयोजना गरेको अन्तरक्रियामा बोल्दै मुख्यमन्त्रीले केसीले लुम्बिनी प्रदेस सरकारले लुम्बिनीलाई प्रदेशकै साँस्कृतिक शहर निर्माण गर्ने, बुटवललाई औद्योगिक क्षेत्र बनाउने र प्रदेशका आम नागरिकलाई पायक पर्ने राप्ती उपत्यकामा प्रदेशको राजनधानी निर्माण गरेको बताए ।

लुम्बिनी प्रदेश सरकारले लुम्बिनी क्षेत्रमा एउटा सुविधायुक्त बर्थिङ सेन्टर, विश्वले देख्न सक्ने अशोक स्तम्भ निर्माण गर्ने, बुद्धका जन्मेदेखी मृत्युसम्मको सम्झना झल्किने गरी बुद्ध पार्क निर्मा गर्नुपर्ने बताए ।

उनले लुम्बिनी क्षेत्रलाई विकासका लागि साझा दायित्वको रुपमा अगाडि बढाउनको लागि मुख्य एवं एकीकृत गुरुयोजनामा निर्माण गरी नै अगाडि बढाउनको लागि नै सबैलाई अनुरोध गरे ।

प्राकृतिक हिसावले यसको ऐतिहासिक बनाउनको लागि लुम्बिनी क्षेत्र भित्रकै विकासका लागि विशाल खेलकुद मैदान निर्माण, ग्लोवल पिस पार्क बनाउनको लागि नै प्रदेशकै ऐतिहासिक बनाउनको लागि उनले आग्रह गरे ।

केसीले लुम्बिनी क्षेत्रमा पर्यटक आकर्षक गर्नका लागि लुम्बिनी क्षेत्रमा रहेको साँस्कृतिक एवं ऐतिहासिक सम्पितिलाई संरक्षण गर्दै आधुनिक सूचना प्रविधिलाई जोड्नका लागि पहल गर्नुपर्ने बताए ।

मुख्यमन्त्री केसीले लुम्बिनी क्षेत्रमा गौतम बुद्ध, माया देवी लगायतको बारेमा डिजिटल बोर्ड निर्माण गरी सूचनालाई प्रविधिबाट सबै पर्यटकलाई जानकारी गराउनका लागि लुम्बिनी विकास कोषलाई निर्देशन दिए ।

  • २ आश्विन २०७८, शनिबार १२:१९ प्रकाशित