विश्व क्रिकेट लिग–२ : नेपालले अमेरिकालाई दियो १७५ रनको लक्ष्य

केन्द्रभाग मिडिया

पोखरा ।

विश्व क्रिकेट लिग-२ अन्तर्गत ओमानमा जारी खेलमा नेपालले अमेरिकालाई १७५ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा सबै विकेट गुमाएर १७४ रन बनाएको हो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रनको अर्धशतकीय इनिङ खेलेपनि अन्य ब्याट्सम्यान धेरै बेर क्रिजमा टिक्न सकेनन।

ज्ञानेन्द्रले १०५ बलमा ३ चौका मद्दतमा ५५ रन बनाएका हुन् । त्यसबाहेक नेपालका गुल्सन झाले ५३ बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा २८, कुशल मल्लले ४३ बल खेल्दै ५ चौका र १ छक्काको मद्दतमा ३६ रन जोडे ।

अन्य ब्याट्सम्यानहरुमा विनोद भण्डारीले १०, आशिफ सेखले ३, रोहित पौडेलले २, करण केसीले १२, सन्दीप लामिछानेले ११ र सुशन भारीले २ रन जोडे ।

  • १ आश्विन २०७८, शुक्रबार १९:५७ प्रकाशित