मानिस आचारसंहिता भित्र बाँधिएर बस्नु नै धर्म होः मुख्यमन्त्री पोखरेल

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले धर्मले नै मानिसलाई आचरण संहिता सिकाउने वताएका छन् ।
मानव मिलन संस्थाले जैन स्थानक भवन पोखरामा आज आयोजना गरेको प्रवचन कार्यक्रममा बोल्दै उनले धर्मले नै मानिसलाई अनुशासीत वनाएको वताए ।

उनले भने,‘मानिस आचारसंहिता भित्र बाँधिएर बस्नु न धर्म हो, धर्मबिना मानिस बाँच्न सक्दैन ।’उनले मानिस प्रतिस्पर्धाका नाममा हुने बिकृती लाई रोक्न पनि धार्मीक क्षेत्रमा लाग्नु पर्ने वताए । मुख्य मन्त्री कृष्ण चन्द्र नेपाली पोख्रेÞलले डा श्री मणिभद्र मुनिजी महाराजको प्रवचन बाट आफु प्रभावित भएको वताए ।

सोही दैनिक रुपमा सञ्चालित हुने प्रर्वचन कार्यक्रममा आफ्नो प्रर्वचन राख्दैँ मानव मिलनका संस्थापक नेपाल केशरी डा.श्री मणिभद« मुनिजी महाराजले धर्म जान्न बुझ्नको लागि गहिराई सम्म शास्त्र पढ्न जरुरी नभएको प्रत्येक व्यक्तिले आ– आफ्नो काम इमानदारीता पूर्वक नियम पालनाको साथ गर्ने हो भने त्यो नै धर्म रहेको बताए ।

मानव जातीले आफ्नो धर्म छाड्दा समाजमा विकृती मौँलाएको वताए । उनले आफुसँग जे छ त्यसैमा रमाउनुपर्ने त्यसमा नै सन्तुष्ट हुनुपर्नेमा जोड दिए ।

उक्त प्रवचन कार्यक्रममा राष्ट्रिय धर्म जागरण अभियान नेपालका संयोजक पूर्व सांसद शंखर पाण्डे, गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहित वास्तोला ,क्षेत्रीय शिक्षा निर्देशक अम्वीका प्रसाद अर्यालले धर्मका बारेमा बोलेका थिए ।

कार्यक्रमको सञ्चालन गर्दै साबित्रि शर्माले प्रर्वचन दैनिकरुपमा बिहान ८ बजे हुने जानकारी गराएकी थिइन् ।

  • १ आश्विन २०७८, शुक्रबार १९:१७ प्रकाशित