विश्वकप लिग २: आज नेपाल भर्सेस अमेरिका

केन्द्रभाग मिडिया

काठमाडौं ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाल आज अमेरिकासँग भिड्दै छ ।

ओमान र अमेरिकाविरुद्धको त्रिकोणात्मक सिरिजमा नेपालको यो तेस्रो खेल हो।खेल नेपाली समयअनुसार आज दिउँसो सवा चार बजे ओमानको अल अमिरत रंगशालामा हुनेछ।

यसअघि नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले नै हारेको थियो।

नेपालले हालसम्म ओमान र अमेरिकासँग तीन(तीन खेल खेलिसकेको छ। नेपाल ६ अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ।

ओमान १२ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको अमेरिकाको १४ खेलबाट १२ अंक छ। विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) सहभागी रहेका छन्।

नेपालले आफ्नो चौथो खेल असोज ३ गते ओमानसँग खेल्नेछ ।

  • १ आश्विन २०७८, शुक्रबार १४:४७ प्रकाशित