कतार प्रहरीको मागपत्र रद्द, नेपालीहरुका लागि रोजगारी गुम्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालीहरुका लागि कतार प्रहरीको रोजगारी गुमेको छ । नेपालीका लागि वैदेशिक रोजगारको प्रमुख गन्तव्य रहेको कतारले प्रहरीका लागि पठाएको मागपत्र रद्द गरेसँगै नेपालीका लागि रोजगारी गुमेको हो ।

दोहास्थित नेपाली दूतावासले श्रम तथा रोजगार मन्त्रालयलाई पत्र लेख्दै कतारको प्रहरी सेवामा कामदार भर्ना गर्न प्रमाणीकण गरेको मागपत्र रद्द गरेको जनाएको छ ।

कतारको आन्तरिक मन्त्रालयले नेपाली नागरिकको लागि दिइएको कोटामा अन्यत्रबाट नै पदपूर्ति गरिएको जानकारी दिएपछि दूतावासले मन्त्रालयलाई पत्र पठाएको हो ।

दूतावासले २९ अगस्ट २०२१ मा २ सय नेपालीलाई कतार प्रहरीमा भर्ना गर्ने गरी अल तकित म्यानपावरका नाममा मागपत्र प्रमाणीकरण गरेको थियो । तर सेप्टेम्बर १४ मा आन्तरिक मन्त्रालयले त्यो माग अन्तैबाट पूर्ति गरिसकेको भनेर सूचना जारी गरेपछि मागपत्र रद्द भएको हो ।

  • १ आश्विन २०७८, शुक्रबार १४:३३ प्रकाशित