सरकारले मुलुकलाई आर्थिक संकट तर्फ धेकेल्यो : एमाले सचिव भट्टराई

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले सरकारले मुलुकलाई आर्थिक संकट तर्फ धकेलेको टिप्पणी गरेका छन्।

प्रेस चौतारी नेपाल कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दैँ भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।हाल भइरहेको गर्भमेन्ट सटडाउनकाबारे बोल्दै भट्टराईले इतिहासमा पहिलो पटक आर्थिक हिसावले सरकार असफल भएको बताए ।

भट्टराईले भने,‘ अहिलेसम्म यो अवस्था सिर्जना भएकै थिएन । सरकारले खर्च गर्ननै नपाउने समय अहिले आएको छ, जो नेपालको इतिहासमा हामीले पहिलोपटक देखेका छौँ । यस्तो खालको आर्थिक र वित्तीय अनुशासन हिनताको अवस्थामा सरकारले मुलुकलाई लगेको छ, यसले मुलुकलाई ठुलो आर्थिक संकट तर्फ लादैँ छ ।’समयमै बजेट पास हुन नसक्दा हिजोदेखि सरकारी खर्च रोकिएको छ ।

यस्तै उनले अहिलेको सरकार आफै अन्योल र दुविधामा रहेको बताए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा बनेको सरकारले ६५ दिन बितिसक्दा पनि आफ्नो गन्तव्य पत्ता लगाउन नसकेको भन्दै भट्टराईले सरकार आफै अन्योलमा रहेको बताएका हुन् ।

भट्टराईले भने,‘ यो सरकारले आफ्नो गन्तव्य के हो भन्ने पत्ता लगाएको छैन । आफै अन्योल र दुविधामा छ, ६५ दिनसम्म कुनै विषयवस्तुमा प्रष्ट धारणा ल्याउन सकेको छैन ।’ अहिलेको सरकार राजनीतिक रुपले असफल भइरहेको भट्टराइले टिप्पणी गरे।
‘नजन्मदै यो सरकार असफलता तिर गइरहेको छ । यो सरकारले खुट्टा टेक्न सक्दैन टेक्न पनि टेक्दैन । यो अत्यन्तै अस्वभाविक प्रकृयाबाट बनेको सरकार हो ।’ उनले भने

भट्टराईले सरकारले आफ्नो क्याविनेट समेत बनाउन नसकेको, संसद चलाउन र विजनेश दिन नसकेकोले देउवा नेतृत्वको सरकार असफल भइसकेको भन्दै अब फेरि नेकपा एमालेकै सरकार बन्ने दाबी गरे ।

‘सरकारले संसद चलाउन र विजनेश दिन सकेको छैन, आफ्ना सहयोगी दलभित्र एकता पनि कायम हुन सकेको छैन । यसले सरकार असफल भइसकेको पुष्टि गर्छ, यस्तो अवस्थामा सरकारले चुनाव सम्म पनि आफुलाई टिकाउन सक्ने अवस्था देखिदैँन, अब फेरी पनि नेकपा एमालेको नेतृत्वमा सरकार बन्छ र त्यो सरकारले चुनाव सम्पन्न गराउँछ’ उनले जिकिर गरे ।

भट्टराइले माधव कुमार नेपाल एमाले मै फर्कने दावी गरे । नेपाल समुहँ एमालेमा फर्कनु वाहेक विकल्प नभएको उनले बताए । ‘म अपिल गर्छु उहाँहरुलाई त्यो असफल प्रयत्न तिर नजाउ त्यसले कुनै विकास दिदैँन त्यसले कुनै शक्ती आर्जन गर्न सक्दैन, त्यो वैैकल्पीक धार बन्न सक्दैन । एमालेमा फर्कनुस’ उनले आग्रह गरे।

  • १ आश्विन २०७८, शुक्रबार १०:५० प्रकाशित