लेउवा संघको १३ औँ महाधिवेशन आजदेखि, भोलि मतदान

केन्द्रभाग मिडिया

लेखनाथ ।

लेखनाथ उद्योग वाणिज्य संघको १३ औँ महाधिवेशन आज(शुक्रबार) देखि सुरु हुदैँछ ।

यसअघि भाद्र १८ र १९ गतेका लागि तोकिएको १३ औं महाधिवेशन कोरोनाको महामारी विध्यमान  रहेको भन्दैँ जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख थानेश्वर गौतमको आग्रहमा स्थगित भएको थियो ।

२५ औँ वाािर्षक उत्सव तथा महाधिवेशनको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आज भर्चुअल रुपमा उद्घाटन गर्ने लेउवाले जानकारी दिएको छ ।

महाधिवेशनको पहिलो दिन उद्घाटन समारोह एवं बन्दसत्र हुने र भोलि शनिबार निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ । मतदान शनिबार लेखनाथ महोत्सवस्थल, डाँडाको नाकमा हुने बताइएको छ ।

लेउवाका अध्यक्षमा छत्रधर आत्रेय यसअघि नै सर्वसम्मत चयन भएका छन् । अब रहेका बाँकी १६ पदका लागि ३७ उम्मेदवार बीच प्रतिस्पर्धामा हुनेछ ।

अध्यक्षमा आत्रेयको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध चयन भएका हुन् । यस्तै, संस्थागत सदस्यमा रामबहादुर गुरुङ र एशोसियट सदस्यमा मेघराज पौडेल सर्वसम्मत भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा भरतकुमार अधिकारी र विनोद श्रेष्ठ, प्रथम उपाध्यक्षमा प्रकाशलाल श्रेष्ठ र राजेन्द्र ओझा, द्वितीय उपाध्यक्षमा शैलेन्द्रमोहन भट्टराई र गोपीचन्द्र बास्तोला, महासचिवमा उपेन्द्रराज सुवेदी ९राजु० र मेनुका श्रेष्ठबीच प्रतिस्पर्धामा हुनेछ ।

यस्तै, उपमहासचिव उम्मेदवारमा जानुका अधिकारी र धीरजकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा भरतराज ओझा, रामजी पौडेल र भीमबहादुर नेपाली (काँइला)प्रतिष्पर्धामा छन् ।

खुला ८ सदस्यतर्फ टीकाराम सापकोटा, भरत थापा, निर्मल पौडेल, हरि वस्ताकोटी, माधव तिवारी, इन्दिरा रोक्का, प्रमोद भण्डारी, राजनकल्याण बडगामी, पुष्पमणि भण्डारी, ध्रुवबावु भट्टराई, खेमराज बराल रहेका छन् ।

त्यस्तै जीवन तिवारी, विक्रम कर्माचार्य, राधाकृष्ण अधिकारी, कृष्णबहादुर अधिकारी, इन्द्रबहादुर थापा, वीरेन्द्र भण्डारी, कुलबहादुर रानाभाट, बुद्धिप्रसाद बास्तोला र लक्ष्मीप्रसाद ढुंगाना छन् । महिला ३ सदस्यतर्फ गंगा मल्ल, तुलसी थापा क्षत्री, रञ्जना बराल, शान्तिकुमारी खनाल र बुद्धिकुमारी मगरले उम्मेदवारी दिएका छन।

कुल १ हजार ७ सय ३६ मतदाताले मतदान गर्नेछन् ।

  • १ आश्विन २०७८, शुक्रबार ०९:२४ प्रकाशित