गण्डकीमा संक्रमित भन्दा निको हुने धेरै, १३७ संक्रमित बन्दा २२५ संक्रमणमुक्त

केन्द्रभाग मिडिया

पोखरा ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा संक्रमित भन्दा निको हुनेको संख्या दोब्बर रहेको छ । प्रदेशमा १३७ जना संक्रमित थपिदाँ २२५ जना संक्रमुक्त भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

प्रदेशका ७ जिल्लाका ६२ महिला र ७५ पुरुष गरी १३७ जनामा संक्रमण पुष्टि भएको होसंक्रमित बन्नेमा पर्वतका २,लमजुङक ६,तनहुँका ७, कास्कीका १०३, बागलुङका १, स्याङ्जाका ९ र नवलपरासीका ९ जनामा संक्रमण पुष्टि भएको छ ।

यो सगैँ प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ८४ हजार ७५ पुगेको छ । यो सँगै हालसम्म ८१ हजार १ सय ४३ कोरोनामुक्त भएका छन् ।

यस्तै प्रदेशमा पछिल्ला अपडेट अनुसार ४ संक्रमितले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा स्याङ्जाका २, बागलुङका एक र कास्की रुपा गाउँपालिका १ जना रहेका छन् । यो सँगै प्रदेशमा हालसम्म १ हजार ३ सय ३९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

निर्देशनालयको अनुसार प्रदेशमा हाल १ हजार ५ सय ९३ जना संक्रिय संक्रमित रहेका छन् भने १ हजार ३ सय २१ जना होम आइसोलेसनमा छन् ।

 

  • ३१ भाद्र २०७८, बिहीबार १७:२४ प्रकाशित