काठमाडौं ।
पछिल्लो २४ घण्टामा नेपालमा एक हजार पाँच सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार बिहीबार १५ हजार १७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।पिसिआर विधिबाट ११ हजार २ सय ८ जना र एन्टिजेनबाट ३९७१ जनाको परीक्षण भएको छ।
त्यस्तै, एक हजार ६८९ संक्रमित निको भएका छन्।संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार २ जनाको मृत्यु भएको छ।
हाल सक्रिय संक्रमित २५ हजार ७७२ छन्।