राप्रपाको जिल्ला तहसम्मको अधिवेशन असोज २० गतेसम्म थप

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले अधिवेशन गर्ने अवधि असोज २० गतेसम्म थप गरेको छ ।

पार्टीका अध्यक्षहरु प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर र कमल थापाको उपस्थितिमा बसेको पार्टीको केन्द्रीय विशेष समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले सक्रिय सदस्यता वितरण गर्ने म्याद असोज २५ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको छ ।राप्रपाले आगामी कार्तिक २७ गते महाधिवेशन गर्ने तय गरेको छ ।

  • ३१ भाद्र २०७८, बिहीबार १६:५४ प्रकाशित