ओलीको कटाक्ष:’झिंगाको पछि लागेर फूलबारी पुगिदैँन’

केन्द्रभाग मिडिया

काठमाडौं ।

एमाले अध्यक्ष केपी ओलीले झिंगाको पछि लागेर फूलबारी नपुगिने भन्दै पार्टीमै फर्किन आग्रह गरेका छन् ।

ओलीले कटाक्ष गर्दै माधव नेपालसँग भएका नेता, कार्यकर्ताहरुलाई पार्टीमै फर्किन आग्रह गरेका हुन्।ओलीले भने, ‘मौरीको संगत लागेर गयो भने फूलबारी पुगिन्छ । झिंगाको पछि लागेर फूलबारी पुगिँदैन । फोहोरको डंगुरमा पुगिन्छ । त्यस कारण मौरीका पछि लाग्नुस् । नेकपा एमाले भनेको मौरीको गोलो हो,’

 

  • ३१ भाद्र २०७८, बिहीबार १६:२९ प्रकाशित