खेलकुद पत्रकार मञ्च गण्डकीको चेतावनीः ‘गण्डकी प्रदेश आमसञ्चार ऐन अविलम्ब नसच्याए आन्दोलनमा उत्रिन्छौँ’

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले ‘गण्डकी प्रदेश आमसञ्चार ऐन २०७७’ अविलम्ब नसच्याए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

गण्डकी प्रदेश सभामा हालै पेस गरेको आमसञ्चार ऐन, २०७७ प्रति नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आन्दोलनका चेतावनी दिएका हुन् ।

मञ्चका अध्यक्ष एकराज गिरीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत उक्त ऐन प्रति आफुहरुको ध्यानाकर्षण भएको उल्लेख गरेको हो । प्रदेशसभामा पेस भएर विद्यायन समितिमा दफाबार छलफलको क्रममा रहेको सो विद्येयकले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको मञ्चको ठहर छ ।

प्रदेशमा सञ्चालन हुने आमसञ्चार माध्यम स्वतन्त्र, मर्यादित र जिम्मेवार बनाइ विचार र अभिव्यक्ति स्वतन्त्रता तथा सञ्चारको हक थप प्रभावकारी बनाउन भन्दै ल्याउन लागिएको विद्येयकका प्रावधान नेपालको मूलकानुन नेपालको संविधानसँग बाँझिन गएकोले पत्रकारसहित सरोकारवालासँग छलफल गरी पुनर्लेखन गर्न मञ्चले माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,‘राज्यको चौथो अंगमाथि धावा बोली उक्त ऐन अविलम्ब सच्याउनतर्फ बेवास्ता गरी जबर्जस्ती पारित गरे स्वतन्त्र पत्रकारिताको रक्षाका लागि मञ्च जस्तोसुकै आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिन्छौँ ।’

  • ३१ भाद्र २०७८, बिहीबार १४:४८ प्रकाशित