रामेछापमा जीप दुर्घटना : ३ जनाको घटनास्थलमै ज्यान गयो, ११ वर्षीय बालक घाइते

केन्द्रभाग मिडिया

काठमाडौं ।

रामेछापमा जीप दुर्घटनामा ३ जनाको घटनास्थलमै ज्यान गएको छ ।

रामेछापको मन्थली नगरपालिका–६ हात्तीटार नजिकै आज (बिहीबार) बिहान भएको जीप दुर्घटनामा तीन जनाको छ भने एक बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको बोलेरो जीप भीरबाट करिब तीन सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा ओखलढुंगा श्रीतेम्बा गाउँपालिका–६ फिदी फलाँटेका अन्दाजी ३४ वर्षीय लाक्पा शेर्पा, उनकी श्रीमती अन्दाजी ३१ वर्षीया फुर्वा शेर्पा र गाडी धनी अन्दाजी ३५ वर्षीय वाङछे शेर्पा रहेका छन् ।

दुर्घटनामा घाइते भएको लाक्पाका ११ वर्षीय छोरा धावा शेर्पालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

  • ३१ भाद्र २०७८, बिहीबार १३:३६ प्रकाशित