संखुवासभाःएकै परिवारका ६ जनाको हत्यामा संलग्न अर्का एक पक्राउ

केन्द्रभाग मिडिया

सङखुवासभा ।

संखुवासभामा भएको सामुहिक हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

सङखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको हो । हत्यामा संलग्न नरेश कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नरेश यसअघि पक्राउ परेका लोकबहादुर कार्कीका भाई हुन् ।उनका साथबाट हत्या गरिएका तेजबहादुर कार्कीकी बुहारी रञ्जनाको हराइरहेको मोबाइल नरेशको साथबाट बरामद भएको प्रहरीले बताएको छ ।

तेजबहादुरसहित परिवारका अन्य ६ जनालाई चिर्पटले हानेर हत्या गर्दा नरेश प्रत्यक्षदर्शी रहेको जनाइएको छ । नियन्त्रणमा लिइएका नरेशसँग प्रहरीले सोधपुछ जारी राखेको छ ।

भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

  • ३१ भाद्र २०७८, बिहीबार १२:२० प्रकाशित