असोज १ देखि पोखराका विद्यालयमा पठनपाठन सुरु हुने

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगर भित्रका सबै विद्यालयले असोज १ गतेदेखि पठनपाठन सञ्चालन गर्न पाउने भएका छन् ।

पोखरा महानगरपालिका नगर शिक्षा समितिले एक सुचना जारी गर्दै विद्यालय खोल्न दिने अनुमति दिएको छ । शिक्षा समितिको यही भदौँ २८ गते बसेको बैठकले महानगरभित्र सञ्चालित सबै विद्यालयलाई सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको हो ।

बैठकले १० बुँदे सूचना जारी गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सम्पूर्ण विद्यालय, पूर्व प्राथमिक विद्यालय, कोचिङ तथा ट्युसन सेन्टर र भाषा प्रशिक्षण आदि सञ्चालन गर्ने पाउने निर्णय गरेको हो ।

समितिले विद्यालय संचालन कार्यढाँचा २०७७ मा उल्लेखित मापदण्ड एवं मोडालिटी अनुरुप प्रत्येक विद्यालयले अनिवार्य रुपमा विद्यालय सञ्चालन कार्य योजना बनाई विद्यालय व्यवस्थापन समितिबाट अनुमोदन गरी एक प्रति शिक्षा महाशाखामा अनिवार्य पेश गर्न र असोज १ देखि कक्षा संचालन गर्न महानगरले अनुरोध गरको छ ।

महानगरले विद्यालय सञ्चालन गर्नु पूर्व विद्यालयका कक्षाकोठा, फर्निचर, शौचालय, यातायातका साधन तथा विद्यालय प्रांगणलाई पूर्णरुपमा निर्मलीकरण गरेरमात्र विद्यालय संचालन गर्न निर्देशन दिएको छ।
विद्यालयको भौतिक अवस्था र विद्यार्थी संख्याको आधारमा विद्यार्थीलाई एकै सिफ्ट वा फरक सिफ्ट बनाई कक्षा संचालन गर्ने भनेकोे छ ।

‘यदि भौतिक दूरी कायम गर्दा सबै कक्षा एउटै समयमा संचालन गर्न सम्भव नभएमा फरक दिनमा फरक कक्षाका विद्यार्थीहरुलाई कक्षा कोठामा नै अध्यापन गर्न सक्ने, यस पूर्व महानगरपालिका शिक्षा महाशाखाबाट जारी गरिएको कोभिड १९ स्वास्थ्य सम्बन्धी मापदण्डलाई अनिवार्य रुपमा पालना गर्न,विद्यार्थीहरुलाई अनिवार्य माक्सको प्रयोग, साबुन पानीले हात धुने व्यवस्था र कक्षाकोठा बाहिर सेनिटाइजरको अनिवार्य उपलब्ध गराउन सुचनामा भनिएको छ ।

यस्तै विद्यालय संचालन गर्दा एकभन्दा बढी सिफ्मा संचालन गर्नुपरेमा तल्लो कक्षाका विद्यार्थीहरुलाई दिवा सिफ्टमा र माथिल्लो कक्षाका विद्यार्थीहरुलाई बिहानी सिफ्टमा संचालन गर्न, विद्यालय संचालन गर्दा आकस्मिक रुपमा स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या आएमा अविलम्ब नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्ने र सोको जानकारी वडा कार्यालय र शिक्षा महाशाखालाई जानकारी गराउन महानगरले आग्रह गरेको छ ।

शिक्षण सम्बन्धी कार्ययोजना गर्दा कक्षा संचालन हुने सिफ्टगत रुपमा रहने कक्षा, दिन, संचालन हुने समय, अवधि, कक्षाकोठामा विद्यार्थी बसाइको मोडालिटी, बस संचालन हुने यसको रुटगत विद्यार्थी संख्या, शौचालय, पिउने पानीको प्रयोग आदिको उचित व्यवस्थाको आधारहरु खुल्ने गरी स्पष्ट खाका तयार गर्र्न । प्रार्थना, खेलकुदलगायत अन्य भीढभाड हुने अतिरिक्त क्रियाकलाप सम्बन्धी कार्यक्रम पनि हाललाई संचालन नगन अपिल गरिएको छ ।

  • ३० भाद्र २०७८, बुधबार १६:४२ प्रकाशित