काठमाडौं ।
पहिरो खस्दा बन्द भएको मुग्लिन नौबिसे सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दीखोला नजिकै बिहान करिब दुईबजेतिर पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
सडक बन्द हुदाँ रात्रीकालिन यात्रामा रहेका सवारी बिच बाटोमै रोकिएका थिए । अहिले पहिरो हटाएर सडक सुचारु भएपछि रोकिएका गाडि गन्तव्यतर्फ लागेका इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।
सडक माथिबाट खसेको पहिरोले सडक दुईतर्फी अवरुद्ध भएको थियो ।