भोलिदेखि सरकारी खर्च रोकिन सक्छ, खर्च रोकिए पनि कर उठ्छ :अर्थमन्त्री शर्मा

केन्द्रभाग मिडिया

फाइल फोटो

काठमाडौं ।

भोलि बुधबारदेखि सरकारी खर्च रोकिने भएको छ । प्रतिस्थापन विधेयक समयमै पारित हुन नसक्दाँ ५–७ दिन सरकारी खर्च रोकिन सक्ने अर्थमन्त्री जर्नादन शर्माले बताए ।

संसद सुचारु हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ।सो व्यवस्थाअनुसार भोलि (बुधबार)समयावधि सकिँदैछ।

अर्थमन्त्री शर्माले समयमै विधेयक पारित हुन नसक्दाँ सरकारी खर्च रोकिए पनि कर भने उठ्ने जानकारी दिएका छन्।आजको संसद बैठकपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिदैँ अर्थमन्त्री शर्माले भने,‘प्रतिस्थापन विधेयक पारित नहुँदा केही दिन सरकारी खर्च रोकिन सक्छ तर ठूलो असर पर्दैन।’

  • २९ भाद्र २०७८, मंगलवार १६:०३ प्रकाशित