लमजुङ ।
आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म लमजुङ जिल्लामा १ सय ३१ बालबालिका हराएका छन् । तीमध्ये ९५ बालिका र ३६ बालक छन् ।जिल्ला प्रहरी कार्यालयको अनुसार ५ वर्षका अवधिमा हराएका बालबालिकामध्ये २८ बालक र ६५ बालिका भेटिएको थियो ।
कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले हराएका मध्ये अझै ८ बालक र ३२ बालिका नभेटिएको बताए । गत १ वर्षको अवधिमा २० बालबालिका हराएका थिए । तीमध्ये ३ बालक, १७ बालिका छन् । अझै २ बालिका भेटिएका छैनन् ।
सचेतनाका लागि प्रहरीले सामुदायिक तथा आमा समूह लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।रासस