सभामुख सापकोटाले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने एमालेको बटमलाइन

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमालेले पदमुक्त गरेका सांसदको सूचना टाँस गर्नुपर्ने र सूचना टाँस नगरे सभामुख सापकोटाले पदबाट राजीनामा दिनुपर्ने अडान लिएको छ ।

संसद बैठक संचालन गर्नेे हो भने सभामुखले मार्ग प्रशस्त गर्नुपर्ने र त्यसका लागि दुइ सर्त आफ्नो बटमलाइन रहेको एमालेले बताएको छ । माग पूरा नभएकोले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने एमालेले जनाको छ ।

सभामुख अग्निप्रसाद सापकोटालाई सहमतिका लागि आफ्नो बटमलाइन सुनाएको छ । संसदमा सवैभन्दा ठूला दलसमेत रहेको प्रमुख प्रतिपक्ष दलको माग सम्बोधन नगरेको भन्दै एमालेले संसदको अवरोध हटाउन दुई बिकल्पसहितको बटमलाइन अगाडी सारेको हो ।

एमालेले सो माग पूरा नहुँदासम्म संसद बैठक अवरोध गरिरहने र आजको प्रतिनिधिसभा बैठकमा पनि अवरोध गर्ने प्रष्ट पारेको छ ।

सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा अनुपस्थित एमालेले पदमुक्त सांसदको सूचना टाँस गर्नुपर्ने र सूचना टाँस नगरे सभामुख सापकोटाले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बटमलाइन दिएको थियो ।

माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गरेर कारबाही गरेको पत्र संघीय संसद सचिवालयमा दर्ता गरे पनि यसको सभामुख सापकोटाले १३ दिनसम्म सूचना टाँस नगर्दा पार्टी विभाजन भएको एमालेको बुझाइ छ ।

जसको कारण एमाले फुटेको भन्दै एमाले नेताले प्रतिक्रिय दिने गरेका छन् । ‘एमालेको निर्णयअनुसार १४ सांसदलाई सभामुखज्यूले अझै पदमुक्तको सुचना टाँस गर्नु भएको छैन, सुचना टाँस नगर्ने भए राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने अडान कायमै छ, यी दुईवटा सर्त स्वीकार नगरेसम्म एमालले प्रतिनिधिसभा बैठकमा निरन्तर रुपमा अवरोध गरिरहनेछ,’ ’ प्रमुख सचेतक विशाल भट्टराईले भने ।

भट्टराईले सभामुख सापकोटा, ‘संवाद र छलफलबाट भागिरहेको बताएका छन् । सभामुख भएर प्रतिपक्षीसँग पदीय जिम्मेवारी पूरा गर्नु भएको छैन ।’ संवैधानिक र कानुनी रुपमा दिइएको पदीय जिम्मेवारी पूरा नगरेसम्म एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरिरहने उनको भनाइ छ ।

  • २९ भाद्र २०७८, मंगलवार १२:०९ प्रकाशित