एमसीसी सम्झौता चाँडो अनुमोदन गर्नु राष्ट्र हितमा हुन्छ : डा. बाबुराम भट्टराई

केन्द्रभाग मिडिया

काठमाडौं ।

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) एमसीसी सम्झौता अनुमोदन चाँडो गर्नुपर्ने बताएका छन् ।

देशभर अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरोध भइरहँदा भट्टराइ भने एमसीसी पास गर्न ढिला गर्न नहुने बताइरहेका छन् । उनले अनुमोदनका लागी ढिला गर्न नहुने बताएका छन् ।

एमसीसीको विरुद्धमा सडकमा चर्का नारा लागिरहदा उनका पछिल्ला अभिव्यक्ती एमसीसी अनुमोदन गर्नुपर्ने मात्र हैन यो नेपालको हितमा रहेको दावी गर्न छाडेका छैनन् ।

सोमबार गोर्खामा भएको पत्रकार सम्मेलनमा उनले भने, ‘राजनीतिक दलहरुले छिटो भन्दा छिटो सहमति गरेर यो सम्झौतालाई अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुन्छ । जसपाले एक्लै निर्णय गर्न ससक्दैन यसमा सबैको साथ चाहिन्छ ।

त्यसैले राष्ट्रिय सहमतिबाटै टुंगो लाग्न जरुरी छ ।’ अहिले एमसीसीको विषय जनस्तर बाँडिएको र चाँडै एमसीसीको टुंगो लगाउनुपर्ने बताए ।

  • २९ भाद्र २०७८, मंगलवार ११:३२ प्रकाशित