गण्डकी प्रदेश सभा बैठक आज बस्ने, प्रतिपक्षीले अबरोध नगर्ने

केन्द्रभाग मिडिया

kf]v/f, !* c;f/ M u08sL k|b]z;efsf] laxLaf/ kf]v/f ;efu[xdf a;]sf] k|b]z;efsf] a}7s . t:jL/ M jf;'b]j kf}8]n÷/f;;

पोखरा ।

गण्डकी प्रदेशसभाको बैठक दुई महिनापछि आज बस्दै छ । बैठकलाई सहज सञ्चालनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसंग समन्वय गर्दै कार्यव्यवस्था परामर्श समितिले कार्यसूची नै तयार पारेको छ । अब बैठकमा प्रतिपक्षीले अवरोध नगर्ने सहमति जुटेको नेकपा एमालेका प्रमुख सचेतक मायाँनाथ अधिकारीले केन्द्रखबरलाई जानकारी दिए ।

बजेट ठिक ढंगले नआएको र पुराना योजना काटिएको लगायतका विषयमा कृष्णचन्द्र नेपाली पोखरेललाई ध्यानाकर्षण गराउँदा समेत सुनुवाई नभएपछि आफूहरुले विगतमा संसद अबरुद्ध गरेको उनले बताए । यि विषयमा अहिले मुख्यमन्त्री पोखरेल र प्रमुख प्रतिपक्षी दलका नेता पृथ्वी सुब्बा गुरुङ बीच केही सहमति जुटेपछि हाललाई संसद सुचारु हुने प्रमुख सचेतक अधिकारीले जानकारी दिए ।

‘संसद सहजढंगले चल्ने नचल्ने भन्ने कुरा सत्ता पक्षमा भर पर्छ । बजेट र योजनाका विषयमा हाम्रा असहमति थिए । केही सहमति जुटेको छ । अहिले उठेका विषयलाई लिएर अब संसदमा अबरोध हुँदैन सुचारुढंगले चल्छ । बाँकी सरकार कसरी अगाडि बढ्छ विषय अनुरुप हुने कुरा भयो,’ उनले भने ।

संसद खुलाउन आइतबार साँझ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङबीच वार्ता भएको थियो । वार्तामा केही सहमति जुटेको र संसद सुचारु हुने प्रमुख सचेतक अधिकारीले जानकारी दिए ।

  • २९ भाद्र २०७८, मंगलवार ०८:०२ प्रकाशित