पोखरेली टिम स्पोर्टस् क्यासललाई अंशुभराको साथ

केन्द्रभाग मिडिया

पोखरा, २७ भदौ ।
नेशनल फुटसल लिग (असोज २ देखि २२ गते सम्म) खेल्ने पोखरेली टिम स्पोर्टस् क्यासललाई अंशुभरा गु्रपले साथ दिने भएको छ ।

अटोमोबाईल, रियलस्टेट, हस्पिटालिटी, मोङ्क, तथा वित्तिय क्षेत्रमा कार्यरत अंशुभरा गु्रपले फुटसल लिगसँगै एक वर्षको लागि स्पोर्टस् क्यासलको फुटसल टोलीलाई आर्थिक तथा भौतिक (आपसी समझदारीमा) सहयोग सहित सम्झौता गरेको हो ।

पोखरामा आईतबार आयोजित एक कार्यक्रमका बीच क्यासलको तर्फबाट सञ्चालक ईश्वर गुरुङले र अंशुभरा गु्रपको तर्फबाट प्रवन्धक निर्देशक सौगात थापाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सो अवसरमा बोल्दै निर्देशक थापाले आफ्नो गु्रपको मान्यता अनुरुप सामाजिक उत्तरदायित्वको जिम्मेवारी बोध गर्न खेलकुद संस्थालाई सहयोग गरेको बताए । उनले क्यासलसँग आन्तरिक रुपमा आपसी समझदारी गरेको बताउदै एक वर्ष अफिसियल्ली साथ दिने बताए ।

थापाका अनुसार गु्रपले क्यासललाई आगामी भदौको २६ गतेसम्म साथ दिनेछ । त्यसैगरी क्यासलका सञ्चालक गुरुङले हस्ताक्षर पश्चात बोल्दै अंशुभराको साथ प्रति आभार प्रकट गरे ।

उनले आफ्नो टोलीले विगत दुई महिनादेखि प्रशिक्षण गर्दै आएको बताउदै प्रतियोगितामा राम्रो रिजल्ट दिने विश्वास व्यक्त गरे । यसैगरी हस्ताक्षर कार्यक्रममा बोल्दै युवा समाजसेवी राजन गुरुङले स्पोर्टस् क्यासलले सिङ्गो गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने बताए । उनले खेलकुदको विकासमा राजनैतिक हस्तक्षेप हुन नहुने समेत धारणा राखेका थिए ।

  • २७ भाद्र २०७८, आईतवार १९:४६ प्रकाशित