संसदमा गतिरोधको प्रभाव : सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

केन्द्रभाग मिडिया

पोखरा ।

संसदमा प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधपछि सभामुख अग्नीप्रसाद सापकोटाले निकासका लागि पहल थालेका छन्  । उनले सोमबारको लागि सर्वदलीय बैठक आह्वान गरेका छन् ।

एमाले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरिरहेको बेला सहमतिको प्रयासस्वरुप सभामुखले सर्वदलीय बैठक बोलाएका श्रोतले जानकारी दिएको छ । बैठक सोमबार दिउँसो साढे २ बजे बस्ने बताइएको छ ।

यसैबीच गृहमन्त्री खाँणले सरकार प्रतिपक्षी दलसँग वार्ता र छलफलबाट समस्याको निकास खोज्न तयार रहेको प्रतिक्रिया दिएका छन्  ।
एमालेले अवरोध गरेपछि सभामुखले मंगलबारसम्मका लागि प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन् भने त्यसअघि सहमतिको पहल भएको हो ।

  • २७ भाद्र २०७८, आईतवार १५:५२ प्रकाशित