एकीकृत समाजवादीले वागमतीमा समर्थन फिर्ता लिने

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का वेदुराम भुसालले बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बाटो बिराएकाले अब नयाँ मुख्यमन्त्री बन्ने बताएका छन् ।

एकीकृत समाजवादीको संसदीय दलको नेता चुनेपछि दुईतीन दिनभित्रै शाक्यलाई समर्थन नरहेको पत्र प्रदेश प्रमुख र प्रदेश सभालाई बुझाउने उनको दाबी छ ।

“मुख्यमन्त्री शाक्यले बाटो बिराउनुभयो, हिजो माधव नेपालले उहाँलाई मुख्यमन्त्रीमा ‘जाने भए जानोस् तर हामीसँगै हुनुपर्छ’ भन्नुभएको थियो । अहिले केपी ओलीसँग नतमस्तक हुनुभएको छ ।

अहिले हामी अहिले अलग(अलग पार्टीमा छौं । त्यसैले उहाँलाई समर्थन गरिरहनुपर्ने बाध्यता छैन । हाम्रो पार्टीको संसदीय दलको बैठकले नेता चुन्छ र दुई वा तीन दिनभित्र समर्थन नरहेको प्रदेश प्रमुख र प्रदेश सभालाई पत्र जान्छ ।”

अब हुने मुख्यमन्त्री आफ्नो दलका तर्फबाट राजेन्द्र पाण्डे हुने पनि बताए । उनले भने, “अहिले गठबन्धनको सरकार बन्ने हो । त्यसमा हाम्रो स्वतः दाबी छ । अब बाग्मती र प्रदेश १ मा हाम्रो मुख्य मन्त्री हुन्छन्, सदूर पश्चिम र कर्णालीमा माओवादी केन्द्रको छँदै छ । जसपा प्रदेश २ मा छ । कांग्रेसको गण्डकी र लुम्बिनीमा सरकार बन्छन् ।”

आफ्नो दलका कारण मन्त्रिपरिषद् विस्तार नभएको भन्ने साँचो नभएको उनको दाबी छ । उनले भने, “हाम्रो कारणले ढिलाई भएको होइन, गठबन्धन दलमा व्यवस्थापनका समस्या छन् । हाम्रो तर्फबाट कसको नेतृत्वमा जाने भन्नेबारे निश्चित भएको छैन ।” उनले राष्ट्रिय सभाका सदस्यलाई मन्त्री नबनाउने निर्णय नभएको पनि बताए ।

एमालेले आफ्नो सरकार ढलेको आक्रोश र विक्षिप्तपन संसद्मा देखाइरहेको आरोप पनि उनले लगाए । उनले भने, “एमालेले गैरजिम्मेवार व्यवहार देखाएको छ ।

सभामुखले कानुनको सीमा ननाघीकन गरेको निर्णयमा एमालेले संसद् अवरुद्ध गर्न पाउँछ रु माधव नेपाल लगायत १४ सांसदलाई अवैधानिक भन्न मिल्छ रु नैतिक हिसाबले दुईदुई पटक प्रतिनिधिसभाको हत्या गरिसकेका मानिस पो सांसद नरहनुपर्ने हो ।

जसले अवैधानिक भनिरहेका छन्, ती अनैतिक र लाज नभएका नकचरा हुन् ।” नेता भुसालले राष्ट्रिय सहमतिबिना एमसीसी पारित नहुने पनि स्पष्ट पारे ।

  • २७ भाद्र २०७८, आईतवार १०:५९ प्रकाशित