प्रतिनिधि सभाको बैठक बस्दै : तातेको एमाले सेलाउला

केन्द्रभाग मिडिया

काठमाडौँ।
प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । बैठकको सम्भावित कार्यक्रम समेत संसद सचिवालयले सार्वजनिक गरेको छ ।

शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो । सरकारले प्रतिष्थान विधेयक पेश गर्दा विरोधमा उत्रेको एमाले आजको बैठ पनि अवरुद्ध गर्ने पक्षमा छ । सभामुखले प्रतिपक्षलाई पेलेरै बैठक संचालन गर्ने संकेत गरे पनि संसदमा मुठभेडको अवस्था बढेको छ । शुक्रबार पनि संसदमा अवरोध र तनावको अवस्था बनेको थियो ।

एमालेले आजको संसद बैठकमा पनि अवरोध गर्ने निर्णय लिइसकेको छ । कठोर कदम चाल्ने गरी एमालेले निर्णय लिएको संकेत गरिसेको छ ।

शनिबार बसेको एमाले स्थायी समिति बैठकले अवरोध कायमै राख्ने तर सांसदलाई मर्यादित भएर विरोध गर्न निर्देशन दिइसकेको छ ।

गत बुधबारदेखि सुरु भएको नवौं अधिवेशनमा प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर सदन अवरोध गर्दै आएको छ । शुक्रबार एमालेको विरोधकै बीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए ।

आजको बैठकमा सपथसम्बन्धी अध्यादेश २०७८, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेशलगायत स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

एमालेले सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर एमालेले विरोध गरेको छ । एमाले विभाजन गर्न सभामुखले सहयोगी भूमिका खेलेको आरोप एमालेका सांसदहरूले लगाएका छन् ।

  • २७ भाद्र २०७८, आईतवार १०:४४ प्रकाशित