पोखराकी सिरुले खिचेको फोटो उत्कृष्ट

केन्द्रभाग मिडिया

तुलसीराम सुवेदी
पोखरा ।
अनलाईन फोटोग्राफी प्रतियोगिता २०७८ को नतिजा सार्वजनिक भएको छ । फोटोग्राफर संघ गण्डकीले ३ भदौमा बिश्व फोटोग्राफी दिवसका दिन घोषणा गरेको अनलाईन फोटोग्राफी प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको हो ।

प्रतियोगितामा देशभरबाट १४५ फोटो प्रतिस्पर्धामा थिए । खुल्ला रुपमा सामाजिक संजाल अन्तर्गत फोटोग्राफर संघ गण्डकीको पेजमा पोष्ट गरिएका प्रकृती तथा वातावरण सम्बन्धी गण्डकी प्रदेश भित्र खिचिएका तस्विरहरु समावेश भएका थिए । कुल १५४ तस्विर मध्ये पोखराकी सिर्जना भुर्तेल( सिरु) को तस्विर उत्कृष्ट घोषणा भएको हो ।

अन्य उत्कृष्ठ १० मा पर्न सफल फोटोग्राफरहरुमा , बिक्रम न्यौपाने (काठमाडौं), जीवन ढुंगाना (कास्की), बिष्णुहरी अधिकारी (कास्की), बिलक सुवेदी (कास्की) , दिवस बराल (कास्की), अर्जुन कुवर (कास्की), अनुप गुरुङ्ग (कास्की), राहुल सुवेदी (कास्की), सुरेश रेग्मी (पर्वत) ,यामु कुमाल नवलपुर रहेका छन ।

फोटो पत्रकार कृष्णमणि बराल र घनश्याम पौडेलको निर्णायक समितिले उतकृष्ठ ११ फोटो सिफारीस गरेको थियो । निर्णायक समितिले सिफारीस गरेका फोटोहरुलाई कार्यक्रममा घोषणा गरिएको हो । फोटोग्राफर संघ गण्डकीको स्थापना दिवसको अवसरमा आयोजीत कार्यक्रमको प्रमुख अतिथि रहेकी पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारी, नेपाल पत्रकार महासंघ रास्ट्रिय परिषद सदस्य कमल पौडेल अथक , नेपाल फोटोपत्रकार महासंघ गण्डकीका अध्यक्ष राम गुरुङ , नेपाल फोटोपत्रकार संघ कास्कीका अध्यक्ष प्रदिप पौडेल , निर्णायक समितिका संयोजक फोटोपत्रकार कृष्णमणि बराल , घनश्याम पौडेल, कैलास सहकारी संस्थाका अध्यक्ष शिबहरी अधिकारी, संस्थाका सल्लाहाकार गणेश छवि, तनहुं फोटोग्राफर संघका अध्यक्ष बलभद्र श्रेष्ठ,पोखरा फोटोग्राफर संघका अध्यक्ष जनकराज तिवारी, फोटो प्रतियोगितामा उत्कृष्ठ १० मा पर्न सफल युवा फोटोग्राफर बिष्णुहरी अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका  थिए ।

स्वागत मन्तव्य सहित स्थापना दिवस तथा फोटोग्राफी प्रतियोगिताको महत्वका बारेमा संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलले प्रष्ट पार्दै उत्कृष्ठ फोटोलाई रु ५००० र प्रमाणपत्र ले उत्कृष्ठ १० लाई प्रमाणपत्र तथा खादाले संस्थाको साधारण सभामा सम्मान गरिने जानकारी दिएका थिए ।  संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलको अध्यक्षतामा  भएको कार्यक्रम संस्थाका सचिव तुलसीराम सुवेदीले संचालन गरेका थिए ।

 

  • २१ भाद्र २०७८, सोमबार १४:०६ प्रकाशित