नेपाल र भारत बीचको पहिलो मैत्रीपूर्ण खेल बराबरीमै टुंगियो

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल र भारतबीचको भएको पहिलो मैत्रीपूर्ण फुटबल खेल एक–एक गोलको बराबरीमा टुंगिएको छ । खेल सुरुभएको ३६ औँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, नेपालले दोस्रो हाफमा अग्रता जोगाउन सकेन ।

दोस्रो हाफको ६० मिनेटमा भारतीय टिमका कप्तान सुनिल क्षेत्रीको सटलाई नेपालका गोलकिपर किरण चेम्जोङले निकै उत्कृष्ट बचाऊ गरेका थिए । तर, रिबाउन्ड प्राप्त मौकालाई अनुरुद थापाले उपयोग गर्दै भारतलाई बराबरीमा फर्काए ।

मैत्रीपूर्ण खेल अन्तर्गतको पहिलो खेलमा दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । नेपाल र भारतबीच अब दोस्रो खेल आइतबार दशरथ रंगशालामै हुनेछ ।

मैत्रीपूर्ण खेललाई नेपाल र भारत दुबैले आगामी साफ च्याम्पियनसिपको तयारीका लागी उपयोग गर्नेछन् ।

  • १७ भाद्र २०७८, बिहीबार १९:३६ प्रकाशित