राजनीति


ओली दम्पत्तीले राष्ट्रपतिको हातबाट लगाए टीका

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दम्पत्तीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टिका लगाएका छन् । बुधबार बिहान दमकस्थित आफ्नै निवासमा बिहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा बुबा मोहनप्रसाद ओलीको हातबाट टिका ग्रहण गरेर ओली दम्पत्ती राष्ट्रपतिको हातबाट...

गठबन्धनको बैठक निस्कर्ष बिहिन, बुधबार पनि बस्ने

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न बालुवाटारमा बसेको शीर्ष नेताको बैठक सहमति बिना नै टुंगिएको छ । आजको बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा...

उपेन्द्रलाई एमालेसंग जानबाट रोक्न के गर्दैँछन् देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीलाई सत्ता गठबन्धनमा नै राख्न हरसम्भव प्रयास गरिरहेका छन् । पछिल्लो समय जसपा गठबन्धनबाट बाहिरिने तयारी गरिरहेको समाचार छ । कांग्रेस सभापति देउवाले जसपालाई गठबन्धनमै...

माओवादीको बन्दसूचिबाट महरा हटे पछि हितराज पाण्डे थपिए

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाइएको छ । महराकै आग्रहमा समानुपातिक सूचीबाट उनको नाम हटाइएको बताइएको छ । महराको सट्टामा हितराज पाण्डेलाई बन्द सूचीमा राखिएको माओवादीले जनाएको छ । पाण्डे...

राष्ट्रपतिले गरिन् पलाञ्चोक भगवतीको पूजाआजा

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँको आठौँं दिन आज महाअष्टमीका अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआजा गरेकी छन् । राष्ट्रप्रमुखबाट आजका दिन सो मन्दिरमा दर्शन एवं पूजाआजा गरिने परम्पराबमोजिम उनले...

प्रत्यक्ष तर्फका उम्मेदवार टुंगो लगाउन बालुवाटारमा कांग्रेसको बैठक

काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताहरु उम्मेदवार चयनको गृहकार्यमा जुटेका छन् । समानुपातिकतर्फको बन्दसूचीमा सहमति कायम गरेसँगै सभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहका शीर्ष नेताहरु आजबाट प्रत्यक्षतर्फका उम्मेदवार चयनको गृहकार्यमा जुट्ने भएका छन्...

प्रतिनिधिसभा समानुपातिक बन्दसूचीबाट २९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । आगामी मंसिर चारमा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागी समानुपातिक तर्फका २९ जना उमेदवारले बन्द सूचीबाट नाम फिर्ता लिएका छन्। निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार विभिन्न ७ दलका २९ जनाले उम्मेदवारी फिर्ता...

चुनाव नलड्ने भट्टराईको घोषणा

काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका छन् । २०७९ मंसीर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु, उनले सामाजिक संजालमा लेखेका छन् ।’ भट्टराइले गोरखाली मतदातालाई...

प्रचण्ड उम्मेदवार छान्न व्यस्त, शीर्षलाई विश्राम युवालाई प्राथमिकता

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल आजदेखि उम्मेदवार चयन गर्नेगरि आन्तरिक परामर्शमा जुटेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि दलहरु छलफलमा जुटेका छन् । यही सन्दर्भमा माओवादी अध्यक्ष प्रचण्ड पनि गठबन्धनमा आफ्नो दलले...