राजनीति


सु–संस्कृत समाजको लागि जातीय हिंसा अन्त्य जरुरी : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सु–संस्कृत समाजको लागि जातीय हिंसा अन्त्य जरुरी रहेको बताएका छन् । दाहालले नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन समेत आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना...

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

काठमाडौँ । दोस्रो पटक विश्वासको मत लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार गोरखा जाने भएका छन् । पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी(कटहरे(हर्मी(साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेका हुन्...

उप–निर्वाचनका लागि दल दर्ता गर्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उप–निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आग्रह गरेको छ । वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य तनहुँ –१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन आयोगले दल दर्ताका लागि आग्रह गरेको हो । चितवन २ को लागि आयोगले यसअघि...

प्रधानमन्त्री दाहालले पाए दोस्रो पटक विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो पटक विश्वासको मत पाएका छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकबाट प्रधानमन्त्री दाहालले दोस्रो पटक विश्वासको मत पाएका हुन्। संसद्‍मा सहभागी २ सय ६२ सांसद्‍हरु मध्ये प्रधानमन्त्री दाहालको पक्षमा १ सय ७२...

तनहुँ १ मा पनि वैशाख १० मै उपनिर्वाचन हुने आयोगको निर्णय

काठमाडौँ । निर्वाचन आयोगले तनहुँ १ र बारा २ मा पनि वैशाख १० मै उपनिर्वाचन गर्ने निर्णय गरेको छ। यसअघि नै आयोगले चितवन २ मा सोही मितिमा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम...

प्रचण्डको सरकार बनेपछि भ्रष्टाचार मौलायो : ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले भ्रष्टाचार मौलाएको टिप्पणी गरेका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड नेतृत्वको सरकार बनेपछि देशमा भ्रष्टाचार अझ मौलाएको बताएका हुन् । विकास निर्माण आयोजनाहरु समेत रोकिएको ओलीले बताए...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको गाडी तोडफोडको प्रयास

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमाथि तोडफोड प्रयास भएको छ । सोमबार दिउँसो ओखलढुंगामा मुख्यमन्त्री कार्की सवार सवारी तोडफोड प्रयास भएको हो । प्रदेशको नाम कोशी प्रदेश राखेपछि पहिचान पक्षधरहरुले आन्दोलन गरिरहेका छन् । सोही...

प्रधानमन्त्री दाहालले खुलाए कांग्रेसलाई राष्ट्रपति दिनुको कारण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत मागेका छन् । विश्वासको मत माग्दै दाहालले राष्ट्रिय सहमतिको विकल्प नभएको बताएका छन् । यस्तै दाहालले कांग्रेसलाई राष्ट्रपति दिनुको कारण पनि खुलाएका छन् । संसदमा पहिलो दिन नै संसद् विघटनको...

विश्वासको मत माग्दै प्रचण्डले भने, ‘यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइनँ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नियुक्तिको छोटो अवधिमै विश्वासको मत लिनुपर्छ भन्ने नसोचेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले भने, ‘यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइनँ, सहमतिमा राष्ट्रपति...