राजनीति


शेखर समूहको बैठक आज

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले केन्द्रीय कार्यसमिति बैठकअघि आफ्नो समूहको बैठक बोलाएका छन् । कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको एक नेताले बताए । बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका...

स्वर्गीय नेम्वाङको स्मृतिमा एमालेले आज सातै प्रदेशमा विचार गोष्ठी गर्दै

काठमाडौं । नेकपा एमालेले संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङको स्मृतिमा आज सातवटै प्रदेशमा विचार गोष्ठी आयोजना गर्दैछ। एमालेले संविधान दिवसको पूर्वसन्ध्यामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीको आयोजना गर्न लागेको...

माधव नेपालको आरोप : भने,‘हाम्रो पार्टीलाई सरकारबाट फाल्ने कुचेष्टा भइरहेको छ’

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र आरोप लगाएका छन। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष...

विदेशमा रहेका नेपालीलाई मतादान गर्ने व्यवस्था गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने बताएका छन् । न्युयोर्कमा पत्रकारसँगको भेटमा उनले यस्तो बताएका हुन् । ‘विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएका छौं,’...

एमाले गण्डकीको अधिवेशनमा सांस्कृतिक झाँकी प्रस्तुत गरिने

पोखरा । नेकपा एमालेको १५ र १६असोजमा पोखरामा हुने प्रथम अधिवेशनमा सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिनेभएको छ । अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने अधिवेशन पूर्व आयोजना गरिने झाँकी प्रदर्शनमा गण्डकी प्रदेशको हिमाल-पहाड-तराइको सम्पूर्ण सांस्कृतिक झाँकी...

कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा हल्ला मात्र : नेता निधि

महेन्द्रनगर । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने कुरा हल्ला मात्र भएको बताएका छन् । जनकपुरधाममा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले गठबन्धनको सरकार पाँच वर्ष...

राष्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता, अमेरिका र चीन भ्रमण बारे छलफल

पोखरा । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । आज विहान भएको भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकामा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार...

सुन तस्करीको अनुसन्धान रोकिएको छैन, उच्चस्तरीय आयोग गठन प्रक्रिया अगाडि बढेको छ : प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरणबारे सरकारले अनुसन्धान नरोकेको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ३ साउनमा बरामद ६१ केजी सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)...

सरकारले जलवायु परिवर्तन तथा वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले जलवायु परिवर्तन तथा वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को दोश्रो बैठकलाई सम्बोधन गदै प्रधानमन्त्रीले जलवायु...