राजनीति


कमजोरी स्वीकार गर्नुपर्नेमा रविले क्लिन चिट पाएको हल्ला गरे : महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कमजोरी गरेको बताएका छन् ।उनले  त्यसलाई लामिछानेले स्वीकार गर्नुपर्ने बताए । महासचिव पोखरेलले स्वीकार्नुपर्नेमा उल्टै क्लिन चिट पाएको...

पत्रकार महासंघका कार्यवाहक अध्यक्षले पनि दिए राजीनामा

काठमाडौँ । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि राजीनामा दिएका छन् ।महासंघको चुनाव गर्न नसकेपछि विष्टले शुक्रबार राजीनामा दिएका हुन् । यसअघि अध्यक्ष विपुल पोखरेलले महासंघको अध्यक्ष पदबाट राजीनामा दिएपछि विष्टलाई कार्यवाहकको जिम्मेवारी...

प्रकाशमानलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली न्यूयोर्क प्रस्थान गरेसँगै सिंहलाई प्रधानमन्त्रीको सिफारिसरमा कार्यवाहकको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले...

देश नबन्नुको मुल कारक व्यक्तिवाद र भ्रष्टाचारी प्रवृत्ति हो : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक अस्थिरताका कारण नभई व्यक्तिवाद र भ्रष्टाचारका कारण मुलुक अघि बढ्न नसकेको बताएका छन् । शुक्रबार काठमाडौँमा भएको सन्देश सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले...

प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली आज त्यसतर्फ लागेका हुन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य, सल्लाहकार...

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गरेका छन् । पार्टी अध्यक्ष ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन आज संयुक्तराज्य अमेरिकातर्फ...

आज चार संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज विभिन्न चार संसदीय समितिको बैठक बस्दै छ । बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ । त्यसैगरी बिहान ११ बजे नै बस्ने सार्वजनिक...

प्रधानमन्त्री ओली आज अमेरिका जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) अमेरिका जाँदैछन् । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री...

प्रदेश प्रमुखद्वारा संविधान दिवसमा शुभकामना व्यक्त

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै उनले संघीय...