राजनीति


मोदीको सपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदै छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड आज भारतको नयाँ दिल्ली जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। मोदीले प्रधानमन्त्रीको रूपमा लिन...

मुख्यमन्त्री पाण्डेले २८ जेठमा विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ जेठमा विश्वासको मत लिने भएका छन् । १६ जेठमा मुख्यमन्त्रीमा नियुक्त पाण्डेले नीति तथा कार्यक्रम र बजेट अगावै विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रयोजनका...

‘सत्ता समीकरण फेरिदाँ राजदूत फिर्ता बोलाउने प्रचलन नै हो’ : सरकार

काठमाडौँ । सरकारले सत्ता समीकरण फेरिएपछि राजदूतहरू फिर्ता बोलाउने विगतको परम्पराकै निरन्तरता भएको बताएको छ । सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समीकरण फेरिदा राजदूतहरू फिर्ता गर्ने सरकारले यो पहिलो पटक नगरेको बताइन्...

प्रधानमन्त्री प्रचण्डसँग मेयर्स फोरमको छलफल, बालेन गएनन्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीहरूले छलफल गरेका छन् । शुक्रबार प्रधानमन्त्रीले आयोजना गरेको छलफल काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको...

सहकारी प्राधिकरण स्थापना गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी प्राधिकरण स्थापना गर्ने घोषणा गरेका छन् । सहकारी केन्द्र नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले विद्यमान संरचनाभित्रबाट सहकारीमा देखिएका समस्या समाधान गर्न नसकिने निष्कर्ष...

८४ मा कांग्रेस एक्लैले बहुमतको सरकार बनाउँछ : विमलेन्द्र निधि

सुर्खेत । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले २०८४ को निर्वाचनमा कांगेस एक्लै लड्ने बताएका छन् । उनले आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस एक्लै लड्ने र बहुमतको सरकार बनाउने दाबी गरे । निधिले अहिले राष्ट्रिय स्वतन्त्र...

प्रधानमन्त्रीसँग सभामुख, उपसभामुख र राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षको छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष तथा प्रदेशसभाका सभामुख, उपसभामुखले छलफल गरेका छन् । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार छलफलमा कानुनमन्त्री पदम गिरी र सरकारका...

मधेशका नवनियुक्त मुख्यमन्त्री सिंहको शपथ १२ बजे

जनकपुरधाम । मधेश प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको शपथग्रहण समारोह आजै मध्यान्ह १२ बजेका लागि तय गरेको छ । मधेश भवनस्थित कवर्ड हलमा नवनियुक्त मुख्यमन्त्रीको शपथग्रहण समारोह राखिएको हो । नवनियुक्त मुख्यमन्त्री सतिश कुमार सिंहलाई प्रदेश प्रमुख...

आज ६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक, २०८० माथि प्रारम्भिक छलफल हुनेछ । त्यस्तै...