राजनीति


राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने संसद् सचिवालयले जानकारी दिएको...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ । बैठकमा सभामुखले संघीय संसद्को संयुक्त बैठक र संयुक्त...

सुदूरपश्चिमका सांसदले दिउँसै टर्च बालेर खोजे सरकार

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनमा सरकारको उपस्थिति नभएपछि प्रतिपक्षी दलहरूले सोमबार दिउँसै मोबाइलको टर्च बालेर सरकारको खोजी गरेका छन् । सोमबार २ बजे बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री तथा मन्त्रीहरूको उपस्थिति नभएपछि प्रतिपक्षी दलहरूले...

प्रधानमन्त्री नियुक्तिविरुद्धको मुद्दाको पेसी साउन ३० गते

काठमाडौँ । केपी शर्मा ओलीको प्रधानमन्त्री नियुक्ति विरुद्धको मुद्धाको पेसी साउन ३० गते तोकिएको छ । संवैधानिक इजलासमा प्रधान न्यायाधीशसहित पाँच न्यायाधीशले रिट निवेदनको पहिलो सुनुवाइ गर्नेछन् । यसअघि साउन ६ गते सर्वोच्चको एकल इजलासले उक्त रिट निवेदन...

नेताहरूको कार्यविभाजन गर्न एमालेको बैठक बस्दैँ

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । साउन १७ गते बिहीबार बस्ने गरी सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । नेताहरूको कार्यविभाजनबारे निर्णय गर्न बैठक बोलाइएको बताइएको छ । ‘१७ गते बस्ने बैठकले नेताहरूको...

चार संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा समितिको आ.व. ०८१/०८२ को वार्षिक कार्ययोजना सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने विधायन...

सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक सिंहदरबारमा जारी

काठमाडौँ । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन तीन सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा कार्यदलको बैठक बसेको हो । बैठकमा कार्यदल सदस्यसहित सरोकारवाला सहभागी छन् । यसअघि शुक्रबारको कार्यदल...

प्रतिनिधिसभा बैठकमा आज दुई मन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या र कृषि तथा पशुपन्छी विकासमन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। यस्तै सभामुख...

नेकपा एस अध्यक्ष नेपाललाई १८ पदाधिकारी छान्न सकस

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका १८ जना पदाधिकारी छान्न सो पार्टीलाई सकस परेको छ । असार २१ गते ९३ सदस्यीय अपुरो केन्द्रीय समिति बनाएको सो पार्टीले २९९ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएर केन्द्रीय पदाधिकारी चयन गर्ने भएको छ । त्यसका लागि सो...