राजनीति


एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न

सत्तारूढ दल नेकपा ९एमाले० को केन्द्रीय कमिटी बैठक सकिएको छ। गत आइतबार सुरु भएको बैठक मङ्गलबार सकिएको हो । बैठक विभिन्न महत्त्वपूर्ण समसामयिक प्रस्ताव पारितसहित सकिएको छ। ३ महिने अभियान सञ्चालन गर्ने निर्णय भएको नेता महेश बस्नेतले जानकारी दिए। तीन दिनसम्म...

सबै कुराको समाधान संविधान संशोधनबाट खोज्नु उचित होइन : एमाले उपमहासचिव ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संविधान संशोधनबाट सबै चिजको समाधान खोज्नु नहुने बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले संविधान निर्माण भएको १० वर्ष लागेको अवसरमा संविधान संशोधनको विषयले...

शीर्ष नेता संघीयताप्रति उदार छैनौँ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न नसकेको बताएका छन्। मंगलबार ललितपुरमा संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू विषयक अन्तर्क्रिया कार्यक्रममा महामन्त्री थापाले शासकीय...

वाइडबडी अनियमितताबारे संसदीय छानबिन समिति बनाउन रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वाइडबडी जहाजमा भएको भनिएको अनियमितता बारे संसदीय छानबिन समिति बनाउन माग गरेको छ ।प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै रास्वपा सांसद शिशिर खनालले यस्तो माग गरेका हुन् । ‘वाइडबडीको...

माओवादी केन्द्रीय समिति बैठक आज तेस्रो दिन पनि

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । आइतबारदेखि राजधानीमा जारी बैठकको आज तेस्रो दिन पनि नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि आ आफ्नो धारणा राख्नेछन् । दोस्रो दिन सोमबार ८० जनाले...

एमाले केन्द्रीय कमिटी बैठक आज सकिदैं

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा व्यक्त गर्ने क्रम आज पनि जारी रहने भएको छ । बैठक बिहान ११ बजेबाट सुरु हुने बताइएको छ । आइतबार...

एमाले केन्द्रीय कमिटी बैठक : ओलीको प्रतिवेदनमाथि ६४ जनाले राखे धारणा

नेकपा एमालेको केन्द्रीय कमिटीको आठौं बैठक आज पनि जारी रहेको छ । आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि ६४ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । स्थायी र पोलिटब्यूरोका गरी बोल्न चाहने ५२ जनाले बोल्न बाँकी रहेको...

सूचनाको हक र सञ्चार क्षेत्रको सुदृढीकरणले लोकतन्त्रलाई बलियो बनाउँछ : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सूचनाको हक र सञ्चार क्षेत्रको सुदृढीकरणले लोकतन्त्रलाई बलियो बनाउने बताएका छन् । राष्ट्रिय सूचना आयोगको आयोजना र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशको...

माओवादीले ६ महिनाभित्र पार्टी सदस्यता ५ प्रतिशत बढाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी ६ महिनाभित्र पार्टी सदस्यता ५ प्रतिशत बढाउने कार्ययोजना अगाडि सारेको छ । पार्टीको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो योजना अगाडि सारेका हुन् । प्रस्तुत...