राजनीति


प्रधानमन्त्रीविरुद्धको मुद्दाको सुनुवाई असार ८ गते

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीसमेत विरुद्ध दायर गरेको अवहेलना मुद्दामा सर्वोच्च अदालतले असार ८ गते सुनुवाइको मिति तोक्दै अग्राधिकार प्रदान गरेको छ । गत आइतबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत अदालतको अवहेलना...

विपक्षी दलहरूले आज पनि संसद् चल्न नदिने

काठमाडौँ । विपक्षी दलहरूले सत्ता पक्षसमक्ष प्रस्ताव गरेको ड्राफ्टमा सहमति नभएसम्म संसद्को अवरोध जारी राख्ने अडान कायमै राखेका छन् । सोमबार विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा अख्तियार अनुसन्धान आयोगले थालेको छानबिनलाई सहयोग गर्ने गरी २०६४ सालदेखि अहिलेसम्म...

अनेरास्ववियुको अध्यक्षका लागि कडरिया र पौडेल भिड्दै

काठमाडौँ । अनेरास्ववियुको अध्यक्षका लागि दुई जनाबिच प्रतिस्पर्धा हुने भएको छ । कीर्तिपुर जारी २४ औँ महाधिवेशनमा अध्यक्ष पदका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका हुन् । सर्वसम्मतिमार्फत नेतृत्व चयनका लागि भएको प्रयास विफल भएपछि...

५२ पदाधिकारीको नियुक्ति विरूद्धको रिटमा सर्वोच्चले आज निर्णय सुनाउँदै

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक आयोगहरूमा ५२ जना पदाधिकारीको नियुक्तिका विषयमा भएको विवादबारे आज निर्णय सुनाउँदै छ । इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन् । संवैधानिक...

गणतन्त्रात्मक व्यवस्थाबाट मुलुक पछाडि फर्किन्न : प्रचण्ड

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक पुरानो व्यवस्थामा नफर्कने बताएका छन् । अन्नपूर्ण गाउँपालिका-३ स्थित ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले आज आयोजना गरेको कार्यक्रममा...

गण्डकीमा पत्रकारिता सुदृढीकरणका लागि सरकार प्रतिबद्ध : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पत्रकारिताको मर्यादा, स्वतन्त्र प्रेसको सम्मान र मिडिया क्षेत्रको सुदृढीकरणलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समेटिएको बताएका छन् । नेपाल पत्रकार...

एमाले कार्यकर्ता भेटघाट गर्न मलाई कसैकाे अनुमति लिइरहनु पर्दैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकर्ताहरूसँग भेटघाट गर्न नेकपा एमालेसँग अनुमति लिइरहनु नपर्ने टिप्पणी गरेकी छन् । आज मंगलबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूको प्रश्नको ववाफ दिँदै उनले यस्तो टिप्पणी गरेकी हुन् । उनले एमाले...

प्रतिनिधिसभामा आज पनि विपक्षीको अवरोध

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले बैठक अवरोध गर्दै आइरहेका छन् । अवरोध हटाउन सभामुख देवराज घिमिरेसहित सत्ता र प्रतिपक्षी...

भिजिट भिसा प्रकरण : कांग्रेस र रास्वपाबीचको छलफल निष्कर्षविहीन

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले भिजिट भिसा सेटिङ प्रकरणमा छानबिन समिति बनाउन पनि अस्वीकार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको छलफल निष्कर्षविहीन भएको छ । संसद् भवन नयाँ बानेश्वरमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का,...