राजनीति


राप्रपा उपाध्यक्ष मिश्रलाई रिहा गर्न सर्वोच्चकाे आदेश 

  काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमाथि...

रवीन्द्र मिश्रको बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बहस सकिएको छ । बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र तीलप्रसाद श्रेष्ठको इजलासमा केहीबेर अघि बहस सकिएको छ । आदेश...

जिम्मेवार र मर्यादित पत्रकारिता आजको आवश्यकताः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले जिम्मेवार र मर्यादित पत्रकारितामा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने ‘गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ समारोहमा प्रमुख अतिथि भट्टले सामाजिक उत्तरदायित्व...

राज्य प्रशासन विभागमा देउवाद्वारा १० सदस्यहरू मनोनयन, कास्कीबाट विजयराज आचार्य मनोनित

काठमडाौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको राज्य प्रशासन विभागमा सदस्यहरू मनोनयन गरेका छन् । शुक्रबार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको नेपाली...

भूमि सम्बन्धी अध्यादेश जनताको हितमै थिएन, त्यसैले विरोध गरेका थियौं : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादवले हालै संसदमा प्रस्तुत गरिएको भूमि सम्बन्धी विधेयकप्रति आपत्ति जनाएका छन्। अध्यक्ष यादवले भूमि सम्बन्धी अध्यादेश जनताको हितमा नरहेको भन्दै विगतमा पनि पार्टीले विरोध गरेको स्मरण...

माओवादीको दोस्रो चरणको जागरण अभियान पाटनबाट सुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रले दोस्रो चरणको मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान सुरु भएको छ । सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला स्थित पाटन नगरपालिकाद्वारा निर्मित स्मारकको उद्घाटन गरी अभियान सुरु गरेको हो । उद्घाटन कार्यक्रम अन्तर्गत माओवादी...

२०८४ को चुनावसम्म एमालेसँग एकता सम्भावना छैन : प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को निर्वाचनअघि नेकपा एमालेसँग एकताको कुनै सम्भावना नभएको बताएका छन् । प्रेस सेन्टर नेपाल डडेलधुराले शुक्रबार सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै...

काठमाडौंमा बृहत कार्यक्रम गर्ने लोकतान्त्रिक मोर्चाको निर्णय

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौंमा बृहत कार्यक्रम गर्ने निर्णय गरेको छ। बिहीबार लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो। बैठकले सचिवालय गठन गर्ने निर्णय समेत गरेको छ। उक्त सचिवालयले आगामी...

रोजगारमैत्री प्रदेश निर्माणका लागि गण्डकी र बागमती प्रदेशबीच अनुभव आदानप्रदान

पोखरा । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको रोजगारी क्षेत्रको सिकाई अनुभव आदानप्रदान कार्यक्रम गण्डकी र बागमती प्रदेश सरकारका सम्बन्धित मन्त्री तथा उच्च अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको छ । कार्यक्रममा प्रदेशबीच...