राजनीति


अर्थमन्त्रीद्वारा राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले भेट गरेका छन् । अर्थमन्त्रीले मंगलबार भएको भेटमा राष्ट्रपतिलाई आर्थिक वर्ष २०८२–८३ को बजेटका बारेमा ब्रिफिङ गरेको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले संवैधानिक व्यवस्थाअनुसार...

युवा संघको नेतृत्व चुन्न मतदान सुरु

पोखरा । नेकपा एमाले निकट युवा संघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । मतदान सकेर आजै मतगणना गर्ने निर्वाचन कमिटीले जनाएको छ । पोखरा सभागृहमा शुक्रबारदेखि युवासंघको महाधिवेशन जारी छ । पार्टी नेतृत्वले चाहेको व्यक्तिलाई सर्वसम्मत गराउने नाममा...

प्रतिनिघिसभामा आज आर्थिक सर्वेक्षण पेस हुँदै, गृहमन्त्रीको राजिनामा माग्दै विपक्षी

  काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुँदैछ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१–८२ आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।...

सि झाङ स्वायत्त जनसरकारका उपप्रमुख डान बा नेतृत्वको प्रतिनिधि मण्डल र पोखरा महानगर प्रमुख आचार्य बीच शिष्टाचार भेटवार्ता

पाेखरा । जनवादी गणतन्त्र चीनको सि झाङ स्वायत्त जनसरकारका उपप्रमुख डान बा नेतृत्वको ६ सदस्यीय प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेको छ । चीनको ल्हासाबाट हिमालयन एयरलाइन्सको विमान मार्फत पोखरा आएको उक्त...

राप्रपा नेपालको केन्द्रीय समितिको बिस्तारित बैठक भोलि

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको जिल्ला अध्यक्ष सहितको केन्द्रीय समितिको बिस्तारित बैठक मंगलबार काठमाडौँमा बस्ने भएको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले आन्दोलन सम्बन्धी रणनीति र कार्ययोजना सहितको कार्यपत्र प्रस्तुत गर्ने राप्रपा...

‘कर्मचारीले बदमासी गरेको थाहा पाएर हटाएको हुँ, मेरो कुनै संलग्नता छैन’: गृहमन्त्री

काठमाडौँ । भिजिट भिसामा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा प्रष्टीकरण दिएका छन् । सोमबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा गृहमन्त्री लेखकले आफूले त्रिभुवन अन्तर्राष्ट्रिय...

आइन्दा उत्तेजक अभिव्यक्ति नदिन प्रधानमन्त्रीलाई महामन्त्री थापाको आग्रह

काठमाडौं । प्रधानमन्त्री ओलीले आइतबार नेकपा एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै १५ जेठमा राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न दिएको निर्देशन विवादमा परेको छ । प्रधानमन्त्री ओलीले दिएको उक्त...

गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ : माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले मन्त्री लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । बैठकपछि प्रवक्ता अग्नि...

रवीन्द्र र धवलशमशेरविरुद्ध राज्यविरुद्धको अपराधसहित ४ मुद्दामा अभियोजन

काठमाडौँ । तीनकुनेमा राजावादीको पक्षमा प्रदर्शनमा संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबराविरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएको छ । सरकारी वकिलले मिश्रसहित ६५ जनालाई प्रतिवादी कायम गरेर अदालतमा मुद्दा...