राजनीति


गगन र देउवा पक्षको दाबी उपर अध्ययन गर्दै आयोग

काठमाडौं । १४ औं महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापाको दाबी उपर निर्वाचन आयोग अध्ययनमा जुटेको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आयोगको कानुन तथा राजनीतिक दल...

निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर नेताहरू आज निर्वाचन आयोग पुगेका छन् । शेरबहादुर देउवा नेतृत्वको समूहका नेताहरूले पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा रहने दाबी गर्दै आवश्यक कागजात बुझाएका हुन् । निर्वाचन आयोगमा कार्यवाहक सभापति पूर्णबहादुर...

सबै निर्वाचन क्षेत्रमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै

काठमाडौं । निर्वाचन आयोगले आज (शुक्रबार) सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ । आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापन प्रयोजनका लागि सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय...

१६५ वटै क्षेत्रमा उम्मेदवारी दिने उज्यालो नेपाल पार्टीको तयारी

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ । प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहनेहरूका लागि अनलाइनमार्फत आवेदन खुला गरिसकेको छ । तर आवेदन...

विशेष महाधिवेशन पक्षले कांग्रेस केन्द्रीय कार्यालयको दाबी तत्काल नगर्ने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले तत्काल कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयको दाबी नगर्ने भएको छ । प्रवक्ता देवराज चालिसेले नवनिर्वाचित कार्यसमिति अद्यावधिकको प्रक्रियामा रहेको भन्दै त्यो निरूपण नभएसम्म कार्यालय दाबी नगर्ने...

मुलुकलाई निकास दिन फागुन २१ को निर्वाचन सफल पारौँ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षित भविष्य र मुलुकको निकासका लागि आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन सफल पार्न सबै नेपालीलाई आग्रह गरेका छन्। बागलुङको बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयको हीरक महोत्सवलाई सम्बोधन...

पार्टीको विवरण अद्यावधिक गर्न गगन नेतृत्वको कांग्रेसले निर्वाचन आयोगमा दियो निवेदन

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ । सभापति थापा सहितको पदाधिकारी टोलीले कानुनविद्हरू समेत लिएर निर्वाचन आयोग पुगी कार्यवहाक निर्वाचन आयुक्त रामप्रसाद...

गगन थापा नेतृत्वको कांग्रेस निर्वाचन आयोग गयो

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोग गएको छ । ललितपुरमा बिहीबार बसेको केन्द्रीय समिति बैठकलगत्तै कांग्रेसको टोली आफूहरूको विशेष महाधिवेशन र त्यसबाट चयन गरिएको नयाँ कार्यसमितिबारे जानकारी गराउन आयोग गएको एक नेताले बताए । थापा नेतृत्वको...

गगन थापा नेतृत्वको कांग्रेस बैठक भोलि पनि बस्ने

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय समिति शुक्रबार पनि बस्ने भएको छ । बिहीबार बसेको बैठकले केही विषयमा निर्णय गरेको र थप विषयमा छलफल तथा निर्णय लिन शुक्रबार पनि बैठक बोलाइएको नेता देवराज चालिसेले जानकारी दिए । बैठकले निर्वाचनका...