राजनीति


बालेन शाह र सुदन गुरुङबिच ज्वागलमा छलफल

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र काउन्सिल अफ दी जेनजीका अगुवा सुदन गुरुङबिच बिहीबार छलफल भएको छ । बालेनका सहयोगी कुमार बेनको ललितपुरको ज्वागलस्थित घरमा अहिले छलफल भइरहेको हो । छलफलको विषय भने खुलाइएको छैन ।

भोलि कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले भोलि (शुक्रबार) केन्द्रीय सदस्यहरूको भेला गर्ने भएको छ । सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि संस्थापन पक्षले केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको हो । सभापति देउवासँगको छलफलमा सहभागी...

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

काठमाडौं। नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत...

गण्डकीका जिल्लामा एमालेले तोक्यो इन्चार्ज

पोखरा । नेकपा एमालेले प्रदेश तहका जिल्लाहरूमा इन्चार्ज तोकेको छ । सचिवालय बैठकले गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी खगराज अधिकारीलाई दिएको छ । उनी ११ औं महाधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए । योसँगै गण्डकीका ११ मध्ये १० जिल्लामा जिल्ला इन्चार्ज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक दिउँसो ४ बजे बस्दै

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। दिउँसो ४ बजे ललितपुरको बीपी नगरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बस्ने तय भएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा...

विशेष महाधिवेशन २७ पुसमै हुन्छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने ठोकुवा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘विशेष महाधिवेशन पुस २७ मा नै हुन्छ, पार्टी विभाजन हुँदैन । यदि पार्टी विभाजन हुने अवस्था आए महाधिवेशन...

रवि लामिछाने र राजेन्द्र लिङ्देनबिच भेटवार्ता

काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ । बिहीबार बिहान लामिछाने र लिङ्देनबिच भेटवार्ता भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जनाएका हुन् । भेटमा राप्रपा अध्यक्ष लिङ्देनले सभापति...

सभापति देउवा र नेता कोइरालाबिच भेटवार्ता जारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, इतर समूहका नेता डा शेखर कोइराला र डा.मिनेन्द्र रिजालबिच भेटवार्ता जारी छ । कोइराला रिजाललाई लिएर देउवा निवास महाराजगञ्ज पुगेका हुन् । उनीहरूबिच कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश...

विशेष महाधिवेशनको पक्षमा कास्की कांग्रेस, सहभागी हुन अपिल

पोखरा । नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन कास्की कांग्रेसले अपिल गरेको छ । यही २७ र २८ पुसका लागि महामन्त्र दोयले आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन कास्कीका सभापति किशोरदत्त...